विद्यार्थी भर्ना अभियान आजदेखि सुरु, शैक्षिक सत्रको बीचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीको भनाई



काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । प्रधामन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन् ।

विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्र आजबाट सुरु भएकाले विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा आग्रह गरेका हुन् ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारले प्रयास गरिरहेको दाहालले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मौलिक हकको पूर्ण कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ।’

शिक्षाको मौलिक हक कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै दाहालले भनेका छन्,सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने तथा शैक्षिक सत्रको बीचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा