नागरिक उन्मुक्ति पार्टीकी नेतृ इन्दिरा गिरीले गुमाइन् सांसद पद
सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यको पद गुमेको छ ।सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेका हुन् ।
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।