खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त



गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएमा मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको देखाएर आइतबार बिहान मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

उनी यसअघि २०७९ पुस २५ देखि १४ वैशाख २०८० सम्म मुख्यमन्त्री थिए । सरकार बनाउँदा राप्रपाले साथ नदिएपछि उनले सभामुखलाई समेत माओवादी संसदीय दलको सदस्य मानेर मुख्यमन्त्रीमा दाबी गरेका थिए । यसमा कांग्रेसले प्रदेश प्रमुखलाई ४ बुँदे असहमति पत्र लेखेको छ ।

सभामुख प्रयोग गरिनु असंवैधानिक भएकाले अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न कांग्रेसले आग्रह गरेको थियो । तर, प्रदेश प्रमुखले अधिकारीलाई कांग्रेसको विरोधका बावजुद मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सभामुखसमेत गणना भएकाले यो विषय सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । यसअघि कोशी प्रदेशमा पनि यस्तै सभामुखको हस्ताक्षर प्रयोग भएपछि सर्वोच्चले त्यसलाई बदर गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख

संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १  बजेदेखि आरम्भ हुँदैछ