उपनिर्वाचनका उम्मेदवारविरुद्ध दाबी विरोधको सूचना दिन आयोगको आह्वान



काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ ।

उपनिर्वाचनका लागि शनिबार भएको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान भने बैशाख १५ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

उद्घाटन र आश्वासनको मोह

-नारायण गाउँले । देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै