प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः त्रिविको रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिमा अवरोध नगर्नुस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्ति भागवण्डा नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराएका हुन् ।

उनले प्रक्रियालाई अवरोध नगर्न र कुलपतिको हैसियतले सहजीकरण गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस् ।’

यस्तो छ गगन थापाको खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,
स्वीकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो । यही सोंचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौं । यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौं, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धि विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो । तर, ती कानून बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन दलीय भागबण्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ ।

यसपटक त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया बदल्न हामीले गरेको वकालत र प्रयासमा तपाईं अनविज्ञ हुनुहुन्न । यद्यपि त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया जुन ढङ्गले गरियो त्यसमा हाम्रो प्रश्न नै रह्यो । तर, अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि तपाईंले रोक्नुभयो भन्ने खबर छ ।

प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । यो गल्ति सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबण्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन कुलपतिको हैसियतले सहजिकरण गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा