कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ । उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि आजमात्र भने उम्मेदवार टुङ्याएको हो ।

बझाङ १ को प्रदेशसभा क्षेत्र नम्बर १ मा टिकट पाउने सिंह सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । पृथ्वीबहादुर सिंह र उनकी पत्नी तथा भाउजूको गत असारमा बझाङकै केदारस्युँमा जिप दुर्घटनामा परी निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख

संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १  बजेदेखि आरम्भ हुँदैछ