आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता फेरबदल गरेको टिप्पणी गरेका छन् ।

मंगलबार समाजवादी मोर्चाले गरेको कार्यक्रममा प्रधानमन्त्रीले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन् । उनले नयाँ गठबन्धन आवश्यक रहेकोमा दाहालले जोड दिए ।

उनले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुन गतिका साथ जानुपथ्र्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ ।’

विभिन्न चुनौतीका बीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको उल्लेख गरे ।

उनले भने, ‘थुप्रै चुनौतीका बीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

उद्घाटन र आश्वासनको मोह

-नारायण गाउँले । देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै