कांग्रेस अहिलेको सरकार हटाउनका लागि गठबन्धन गर्ने पक्षमा छैनः महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अर्को गठबन्धन बनाउने योजनामा नरहेको बताएका छन् । नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस अहिलेको सरकार हटाउनका लागि गठबन्धन गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने बताए ।
उनले शिक्षा विधेयकमा विभिन्न पक्षहरु सुधार्नुपर्ने भएकाले आफूहरु शिक्षकको संरक्षण र सेवासुविधका लागि बोलिरहेको बताए । उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा अझै कमजोरीहरु छन् । तर कांग्रेसले क्याविनेटबाट पास भएपछि सदनमा दर्ता गर्नुपर्छ भनेको छ । म आफैले पनि पहिलो पटक विद्यालय शिक्षा विधेयकका सम्बन्धमा र शिक्षकको पेन्सनको सम्बन्धमा बोलिरहेका छु ।’