झलनाथ खनालको नजरमा यस्ता छन् वर्तमान गठबन्धन सरकारका चुनौती



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हालै बनेको नयाँ सत्ता गठबन्धन समीकरणको सरकारका लागि चुनौतीहरु औंल्याएका छन् । शनिबार विज्ञप्ति जारी गरी खनालले  वर्तमान सरकारले सफलतापूर्वक गर्नैपर्ने र दायाँबायाँ छुट नभएकोसमेत उल्लेख गरेका छन् । उनले नयाँ समीकरण बनेपछि जनतामा आशाको सञ्चार भएको दाबी गरेका छन् ।

यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरु विभिन्न चलखेल र षड्यन्त्रमा लागिसकेको खनालले दाबी गरेका छन् । उनले कतिपय पार्टीहरु भित्रै पनि षड्यन्त्रका तनाबाना बुँनिँदै गरेकाले यस्ता चुनौतीहरुलाई वर्तमान गठबन्धन अझ बलियो हुनुपर्ने सुझाव नेता खनालले दिएका छन् ।

उनले जनताको गुनासो सम्बोधनका लागि सरकारले श्रमजीवी, भूमिहीन, गरीब र सुकुमबासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने बताएका छन् । उनले वित्तीय र मौद्रिक नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने, देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने, सर्बत्र सुशासन कायम गर्नुपर्ने, राज्यले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने, हाम्रा दुवै छिमेकीहरूबाट निर्वाध पारबहन सुविधा प्राप्त गर्न पहल गर्न सुझाव दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वार्ताबाट शिक्षक आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सरकारले शिक्षकहरुका माग वार्ताका माध्यमबाट समाधान गर्ने भएको छ । सोमबार

गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन : शेखर कोइराला

काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा

मंगलबारदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई ललितपुर महानगरको पत्राचार

पाटन । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ

६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।