अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट छैनः बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन । त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन । जनताको हितमा काम गर्ने सामथ्र्य राख्नुपर्छ ।’
उनले हिँड्दाहिँड्दै काँध गलेको खण्डमा पनि फेर्ने छुट नभएको बताए । उनले भने, ‘हिँड्दाहिँडदै काँध गल्यो भने पनि फेर्ने छुट छैन। हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने छुट यो सरकारलाई छैन ।’