हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला, जुन दिन हाम्रो काम देखिन थाल्नेछ



सुमना श्रेष्ठ ।
यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ । हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो– प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ । त्यसै कारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मिहिनेत, लगनशील अध्ययन र इमानदार प्रयास गरिरह्यौँ । समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दागर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो । आगामी दिनमा पनि हाम्रो कार्यशैली यस्तै रहनेछ । सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्नेछौँ, समाधान पहिल्याउनेछौँ ।

सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्यशैली अब पनि अपनाउने नै छौँ । हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।  हामीले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक छ । मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ कहाँ र कस्तो कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ ।

कृपया हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला जुन दिन हाम्रो काम देखिन थाल्नेछ । जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन् । अहिलेलाई तपाईँहरूको शुभेच्छा र शुभकामना आवश्यक छ । हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईँहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ