भीडको प्रेसरमा हिरासतमा रहेका शिक्षकहरुप्रति सहानुभूति राख्नुपर्दैन ?



नारायण गाउँले ।
पोस्टमार्टम गर्ने टिचिङ् हस्पिटलदेखि फरेन्सिक ल्याबसम्मले चितवन घटनामा बलात्कारको नभएको पुष्टि गर्छन् । उपलब्ध प्रमाण, बयान र स्थितिले उक्त घटना आत्महत्या नै भएको सङ्केत गरेका छन् । तर, बलात्कार गरेर हत्या गरेको अभियोगमा उक्त स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र होस्टल वार्डेन केही दिनदेखि प्रहरीको हिरासतमा छन् । तिनलाई बलात्कारको अनुसन्धान भन्दै चार दिन थप थुनामा राख्ने आदेश भएछ ! हामीमध्ये कतिपयले त लाइक र कमेन्टकै लागि बालिकाको फोटो राखेर, आफै पोस्टमार्टम गरेर शिक्षकहरूलाई अपराधी घोषित गरेका थियौं । हाम्रो दबाब र किटानीले गर्दा ती शिक्षकहरू थुनामा छन् ।

यदि सबै रिपोर्ट सही छन् र यो आत्महत्या नै हो भने हजारौं विद्यार्थीलाई शिक्षाको ज्योति बाँडेर जीवनको साठी वर्ष बिताएको शिक्षकलाई एउटा अबोध बालिकाको बलात्कार आरोपमा प्रहरीको खोरमा बिताउनुपर्दा कस्तो अनुभव हुँदो हो ! उसले आजसम्म आर्जन गरेको सामाजिक प्रतिष्ठा त छोड़म्, उसको मानसिक स्वास्थ्यको अवस्था कस्तो हुँदो हो ?

किटानी जाहेरी परेपछि पक्राउ गर्नुपर्ने बाध्यता होला तर बयान त एक–दुई घण्टाको कुरो हुन्छ । यतिका दिनमा ’फरेन्सिक एभिडेन्स’हरूको परीक्षण भइसक्छ । बालिकाकै सुसाइड नोटको परीक्षण पनि सकिइसक्यो । तर ती शिक्षकहरूको के परीक्षण बाँकी हो ? जब प्रहरी आफैंलाई यो सुसाइड केस हो भन्ने लाग्छ भने, उसले आरोपितहरू माथि यथाशक्य छिटो अनुसन्धान सकेर न्याय दिनुपर्ने होइन ? जब प्रारम्भिक अनुसन्धानमा दोषी देखिने कुनै भरपर्दो आधार( reasonable ground) देखिएको छैन भने अझ छिटो अनुसन्धान सक्नुपर्ने या पक्राउको विकल्प खोज्नुपर्ने होइन ? अबको चार दिनमा घटना र अभियुक्तको ’कुन कुन शीर्षक’मा अनुसन्धान गर्ने हो भन्ने टाइमटेबल होला प्रहरीसित ? कि हाम्रो न्याय व्यवस्था ‘र्याण्डम’ चल्छ ?

के बाँच्नेहरूको न्यायमाथि कुनै हक हुँदैन ? मेरो बलात्कार भएको हो भनेर पीडि़तले स्वयं जाहेरी दिएका घटनाहरूमा हामीले ‘फसाएको ’ देख्यौं, आरोपितको चरित्र र भविष्यको चिन्ता गर्यौं , तर यो केसमा चाहिँ बलात्कार भएकै हो भन्ने आफैं ठोकुवा गरेर ’दोषी’लाई कारबाही गर्नुपर्ने माग गर्यौं । एकपल्ट हामी आफैंलाई पनि दोहोर्याएर हेर्ने कि ? कलिलो उमेरमा छोरी गुमाएर विक्षिप्त बनेका परिवारजनप्रति गहिरो समवेदना छ । भीड़को प्रेसरमा हिरासतमा रहेका शिक्षकहरूको परिवार पनि पीड़ामैं हुन्छ । तीप्रति सहानुभूति कसले राख्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ