एउटा व्यक्तिको साहस !



डा. गोविन्दशरण उपाध्याय ।
डा. केशवराज बलिराम हेड़गेवर (१८८९–१९४०) को जन्म भारतको नागपुरमा भएको थियो भने यिनलाई माया गरेर मोनिकर डक्टरजी भनेर पनि बोलाइन्थ्यो । यी पेशाले मेडिकल–चिकित्सक थिए । हिन्दू धर्म, संस्कृतिलाई आफ्नो जीवनको सर्वाधिक आदर्श मान्ने हेड़ेगवरले सन् १९२५ हिन्दू धर्म, संस्कृतिको उत्थान गर्नका लागि राष्ट्रीय स्वयं सेवक संघको (RSS) गरेका थिए । उनले यो सङ्घठनको स्थापना तत्कालीन हिन्दू विचारक वीर सवारकर (१८८३–१९६६) ले लेखेको अंग्रेजी पुस्तक ‘हिन्दुत्व’बाट प्रभावित भएर गरेका थिए ।

आज यिनले स्थापित गरेको RSS विश्वको सबैभन्दा बढी सदस्य भएको सामाजिक संस्था हो । सन् २०२० को तत्थ्यांकअनुसत आज यसका भारतमा मात्रै छठ हजार भन्दा बढी शाखाहरू चलिरहेका छन् र त्यसमा ११ लाख ८७ हजार पूर्णकालीन सदस्यहरू क्रियाशील छन् । यो सङ्ख्या चिनिया कम्युनिस्ट पार्टीका पूर्णकालीन सदस्यहरू भन्दा बढी हो । सङ्घको लक्षमा आस्था राख्ने सदस्यहरूको सङ्ख्या करिव ४४ करोड़ मानिन्छ । अनि, नेपालसहित विश्वका सबैजसो देशमा यो संस्था प्रत्यक्ष वा अप्रत्यक्षरूपमा चलिरहेको छ ।

अहिले भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी र तिनको पार्टी ‘भारतीय जनता पार्टी’ RSS का अनेकौं सङ्गठन् मध्येको राजनैतिक वर्गीय संस्था हो । तथाकथित धर्मनिरपेक्षतावादी, समाजवादी, धर्मनिरपेक्षताको खोलमा कट्टरता फैलाउने राजनैतिकदलहरू र मुस्लिम, इसाई अम्बेडकरवादीहरूजस्ता संस्थाहरूले यस संस्थाको कडा आलोचना गर्छन् । फासिस्टसम्म भन्छन् तर हिन्दूहरूका लागि यो संस्थाले आत्मविश्वास जगाउने काम गरेको छ । चर्चित विश्वहिन्दु परिषद पनि यसै सङ्घको एउटा वर्गीय सङ्घठन नै हो । नेपालमा हिन्दू स्वयंसेवक सङ्घ नेपालका नाममा डा. केशवराज बलिराम हेड़गेवरको चिन्तनलाई कार्यन्वयन गर्ने संस्था नेपालमा पनि जीवन्त छ र यो संस्थाले आदिवासी जनजाति तथा अन्य समुदायभित्र प्रवेश गरेर हिन्दू, धर्म, संस्कृति तथा परम्पराको उन्नयन र विकास–निर्माणमा काम गरिरहेको छ ।
गुरुजी नामले प्रसिद्ध एम एस गोलवाकरले आरएसएसलाई वैश्विकतहमा स्थापित गरेका थिए भने हाल यस संस्थाका प्रमुख मोहन भागवत छन् । सबैले बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने यस संस्थाका सम्पूर्ण पूर्णकालीन प्रचारकहरू अविवाहित हुन्छन् र सधैं जनताका प्रत्यक्ष माँझमा रहेर काम गर्छन् । यी सबै त्याग, सेवा र सरलताका लागि चिनिन्छन् । आरएसएसको इतिहासमा कुनै पनि पूर्णकालीन प्रचारक ‘घूसआदि’का लागि वदनाम भएको छैन । विपक्षीहरूले पनि आरएसएसका प्रचारकहरूलाई “भ्रष्टाचार“का लागि दोषारोपण गर्दैनन् ।

एक जना व्यक्तिले स्थापित गरेको संस्था ‘विश्वको सबैभन्दा बढी पूर्णकालीन सदस्य’ भएको संस्था बन्न सक्छ र हिन्दूका लागि ‘आत्मविश्वास र गौरवको विषय’ बन्न सक्छ भने नेपालका हिन्दूवादी संस्थाहरूले पनि सिको गर्नुपर्छ र त्याग, तपस्या, सरलता, सहजताका सवालमा आरएसएसका पूर्णकालीन सदस्यझैं बन्नुपर्छ । हो, राष्ट्रियताका सवालमा नेपाली हिन्दुहरूको विमति रहन्छ तर हिन्दू चेतना, गौरव र उत्थानका सवालमा सिको गर्ने धेरै अवकाश छ ।

त्याग, तपस्या, इमानदारी, सरलता, सहजता तथा राष्ट्र एवं हिन्दू संस्कृतिप्रति दृढ–विश्वास भएका पूर्णकालीन प्रचारकहरू निर्माण गर्नु र कार्यक्षेत्रमा खटाउने रोड़म्यापका लागि नेपाली हिन्दू–संस्थाहरूले सहकार्य गर्ने संस्कृतिको जग बसाल्नुपर्छ । अझैं ढीलो भइसकेको छैन तर अव गर्न नसक्ने नेपाली हिन्दूहरूले आफ्नैबाट धोका खाने सुनिश्चित छ ।

भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विन्दास हिन्दू–जीवनशैलीले भारतीय धर्मनिरपेक्षतावादी, धर्मनिरपेक्षतालाई प्रयोग गर्ने कट्टरपन्थी मुस्लिम, इसाई तथा अम्वेडकरवादीहरू आतंकित भएका छन् । त्यो आतंकका बाछिटाले नेपाली धर्मनिरपेक्षतावादीहरूका पनि मनोबैज्ञानिक आतंक देखिन्छ । नेपाली बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म, संस्कृति, परम्परा तथा पद्यतिहरूमा गरिएका घूसपैठ र धार्मिक, सांस्कृतिक आक्रमण विरुद्ध प्रतिक्रिया दिंदै गर्दा वास्तविक धर्मनिरपेक्षतावादी खेमा र स्वार्थका लागि धर्मनिरपेक्षताको मुकुण्डो लगाएकाहरू ‘समानता, सहअस्तित्व तथा लोकतान्त्रिक संस्कारहरूको रोइलो आरम्भ गरेका छन् । कताकता, यस्तो रोइलोको कारण आरएसएसले विश्वका हिन्दूहरूमा ल्याएको स्वाभिमानको जागरण त होइन ?

फोटोः बीचमा बसेका मूठे जुङ्गा भएका हात लौरी लिएका व्यक्ति नै डा. हेड़गेवर हुन् भने गोवलकर (गुरुजी) दाह्री पालेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने

रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि