नेपालको लोकतन्त्रले चीन स ह्वाङका उत्तराधिकारिको नियती भोग्नु नपरोस्



डा. युवराज संग्रौला ।
एउटा कथा, आनन्द लिनुहोस् पढेर । किनकी देशको अवस्था आनन्द लिने खालको छ, जताततै प्रगति र उन्नति देखिन्छ।

१. चीनको एकीकरण गर्ने सम्राट चीन स ह्वाङ्गको देश दौडाको क्रममा मृत्यु भयो । उनको मृत्युुपछि दरबारिया नोकर जाओ गाओले षड्यन्त्र गरेर मूर्ख राजकुमार हु हायलाइ सम्राट बनायो ।

२. यो सम्राट लम्पट, क्रुर र निकम्मा थियो । एकदिन उसले जाओ गाओलाइ सोध्यो, कसरी मन्त्रीहरुको आस्था जित्न सकिन्छ ? गाओ ले भन्यो, म भोलि देखाउँछु एउटा खेल ।

३. भोलिपल्ट बिहानै जाओ गाओले एउटा भाले थार (बाक्ला भुत्ला भएको जंगली भेडा) भारदारी सभामा खोरमा हालेर ल्यायो र सबै मन्त्रीलाई बोलायो । सबैलाई भन्यो, ‘यो खोरमा थुनेको जन्तु थार हो कि घोडा हो ?’ उनीहरुले सोधे तपाईंको विचारमा यो के हो ?

उसले भन्यो ‘यो घोडा हो।’ एउटा मन्त्रीले नजिकै गएर हेरेको स्वांङ पार्दै भन्यो’ हो, यो त घोडा नै हो।’ तब सबैले भने ‘ हो, यो त घोडा नै हो।’
दुईजना बौद्धिक मन्त्री आएर कराउँदै भने,’जाओ गाओ, देशमारा तँलाइ लाज छैन, राजालाइ मूर्ख बनाउन।’ एक जना मन्त्रीले सम्राटलाई सोध्यो, महाराज, यो थार हो कि घोडा हो?“ सम्राटले सोध्यो ‘जाओ गाओ यो थार हो कि घोडा हो ?’ ‘महाराज यो घोडा हो।’  ‘ हो, यो घोडा हो। यी दुईजना दुष्ट देशद्रोहीको आँखा निकाली देओ, बडा घोडालाई थार देख्ने।’ दुईजना बौद्धिकलाई घिसार्दै सिपाहीले लगे ।

४. थार खैरो थियो । जाओ गाओले सोध्यो ‘यो घोडाको रंङ्ग कस्तो छ?’  मन्त्रीले सोधे ‘आदरणीय गाओ तपाईंको विचारमा यो घोडाको रङ्ग कस्तो छ?’
गाओ, ‘सेतो छ।’ ‘ हो, हो। मैले भन्नै लागेको थिएँ सेतो छ।’

५. मन्त्रीहरु गए । सम्राटले सोध्यो, ‘कसरी यिनले खैरो थारलाई सेतो घोडा देखे?’

६. जाओ, ‘महाराज देख्ने आँखा र सोच्ने आँखा हुन्छन् मानिसका । सोच्ने आँखामा स्वार्थ र लोभको रङ्ग लागे पछि, देख्ने आँखाले देखेर केही हुन्न।’ यी मन्त्रीमा दिमागमा मृत्युको डर, पैसाको लोभ र अज्ञानताले जन्माएको भ्रम छ । त्यसैले सम्राटलाई जे मन पर्छ, त्यही देख्छन् । यसरी डर, लोभ र भ्रमको सहयोगले मानिसलाई बेखुफ बनाएर सम्मान प्राप्त गर्न सकिन्छ ।

७. सम्राट हु हाय खुसी भयो । तर गाउँ गाउँ शहर शहरमा विद्रोहीले कब्जा गरिरहेका थिए । केही महिनापछि सियानमा विद्रोही आए । हु हाय हृदयघातले मर्यो। अर्को राजकुमारलाई जाओ गाओले सम्राट बनायो। सियाङ्ग यु भन्ने विद्रोही नेताले सियान कब्जा गर्यो । जाओ गाओ र सम्राटका सबै सन्तानको हत्या गर्यो । सबै राज्यलाई पराजित गरेर चीनको एकीकरण गर्ने चीन स ह्वाङको वंश नाश भयो ।

८. भ्रष्टाचार, सत्ताभोगको उन्माद, व्यक्तिगत स्वार्थ, र सोच्ने प्रवृत्तिको नाश राज्य पतनका कारण बनेका छन्, संसारभरी । अन्धभक्त समर्थकले नेतालाई पतित बनाउँछन् र राज्यको नाश गर्छन् । भ्रमित नागरिकले ब्वाँसालाइ भेडाको पाठो देख्छन् र हुर्काउँछन् । नेपालको लोकतन्त्रले चीन स ह्वाङका उत्तराधिकारिको नियती भोग्नु नपरोस् । नेताहरुले थारलाई घोडा प्रमाणित गर्ने जाओ गाओ चिन्लान् । अवश्य चिन्छन् यदि हु हाय भन्दा पृथक रहेछन् भने । ख्याल गर्नुहोस् सेतो घोडा देख्ने मान्छेको फन्दामा हुनुहुन्छ कि ? संभावना बढी छ त्यसको आजसम्मको हालत हेर्दा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा