‘कहिल्यै कसैले नसोचेको यो आरोप मेरा लागि मात्र नभएर मलाई चिन्ने सबैका लगि अपत्यारिलो थियो’



चन्द्रदेव जोशी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मेराविरुद्ध लगाएको आरोपमाथि सम्मानित विशेष अदालतबाट हिजो सफाइ पाएकोमा अत्यन्तै खुशी छु । सम्पूर्ण जीवन सिद्धान्त, र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै रहने छु । राजनीतिक जीवन होस् वा इन्जिनियरका रुपमा पेशागत जीवन, कुनै पनि क्षेत्रमा इमान्दारी र सादगीपनलाई नै आफ्नो मूल मान्यता मानेर काम गरेको हुँ । तर जीवनको उत्तराद्र्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल थियो । कहिल्यै कसैले नसोचेको यो आरोप मेरा लागि मात्र होइन मलाई प्रत्यक्ष वा परोक्ष रुपमा चिन्ने सबैका लगि अपत्यारिलो थियो । चार वर्ष लामो सकसपछि हिजो विशेष अदालतको फैसलाले राहत दिएको छ ।

मेरो जीवनको यो सबैभन्दा अप्ठ्यारो समयमा साथ र सहयोग दिनुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । विशेषगरी बिना कुनै शुल्क मेरा पक्षमा बहस गरिदिनुहुने मित्र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित अधिवक्ताहरु ललित बस्नेत, डा. भीमार्जुन आचार्य, जैदेव जोशी, अम्बर बहादुर थापा, जगतप्रसाद जोशी तथा वीरभद्र जोशीप्रति आजीवन अभारी रहनेछु । यस्तो बेलासमेत मेरो इमान्दारीप्रति विश्वास राख्दै मैले चिनेका र नचिनेका व्यक्तिहरुले समेत मप्रति देखाउनु भएको भरोसाका लागि सबैप्रति सधैं कृतज्ञ रहने छु । मलाई साथ दिनु भएका कमरेड, मित्र, परिचित अपरिचित सबैलाई हार्दिक धन्यवाद ।

विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु । निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु । विशेष अदालत र सबै न्यायमूर्तिहरुलाई पनि धन्यवाद व्यक्त गर्दछु । यतिन्जेलसम्म कानूनी प्रक्रियामा सधैं साथ दिँदै आएको छु । आगामी दिनमा पनि यदि कुनै कानुनी प्रक्रिया अघि बढ्छ भने त्यसमा पनि मेरो सम्पूर्ण साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिबी राई चाँडै पक्राउ पर्छन्ः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन

रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित

  काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा

केही साँच्चिकै गर्ने हुटहुटी छ तपाईंहरूमा भने केही हुन्छ कि ?

नारायण गाउँले । प्रिय शिक्षामन्त्री सुमना श्रेष्ठ र लोकप्रिय मेयरद्वय बालेन र रेनु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका