तपाईं कस्तो लोग्नेस्वास्नी ?



डा. गोविन्दशरण उपाध्याय ।

१.परम्परागत पतिपत्नीः यस्ता पतिपत्नीहरू एकआपसमा कम बोल्छन् । परिवारका मान्यजनप्रति डरको भावना रहन्छ । लोग्नेको अनुमति विना कुनै निर्णय हुँदैन । धेरैजसो लोग्नेले पत्नीहरूसँग सरसल्लाह नै गर्दैनन् । धेरैजस्तो यस्ता लोग्नेस्वास्नीको परिवार ‘खानदानी’ भएको र ‘स्वास्नी मान्छे सधैं लोग्नेबाट डोमिनेट’ हुनुपर्छ भन्ने मान्यता भएको हुन्छ ।

२. अर्धपरम्परागतः यस्ता लोग्नेस्वास्नीहरू एकआपसमा सरसल्लाह गर्ने तर परिवारका मान्यजनका अगाडी ‘सामाजिक तथा सांस्कृतिक मान्यता’हरूको सम्मान गर्ने खालका हुन्छन् । सबैको अगाडी पतिपत्नी थोरै सम्बाद गर्छन् तर एकान्तमा समस्याहरूउपर प्रसस्त छलफल गर्छन् । बाहिर पत्नी लोग्नेबाट डोमिनेन्ट देखिए पनि परिवारका सबै निर्णयहरू पतिपत्नी मिलेर गरेका हुन्छन् । यस्तो परिवारमा पतिपत्नीको प्रेम सार्वजनिक प्रदर्शनको विषय हुँदैन ।

३. आधुनिक लोग्नेस्वास्नीः यस्ता लोग्नेस्वास्नीहरू अधिकांश रूपमा समयसापेक्ष भएर हिँड्छन् । एकआपसमा धार्मिक र सांस्कृतिक मर्यादाहरूको पालन गर्छन् । सामूहिक परिवार भन्दा न्युक्लिएर फेमिली प्रति यीनको आकर्षण हुन्छ । यस्ता पतिपत्नीहरू पतिपत्नीको प्रेमसम्बन्धलाई सामाजिक र सांस्कृतिक रूपमा सबैले पचाउन सक्नेसम्म प्रदर्शन गर्छन् । यस्ता पतिपत्नीका विवादहरू एकआपसी सहमतिमा टुंगिन्छन् । यस्ता पतिपत्नीहरूले रक्सी खान, तडकभडकको जिन्दगी गुजार्न भन्दा सरल तथा सहज भएर सबै कुराको ‘स्वाद’ लिनुपर्छ भन्ने मान्यता राख्छन् ।

४. अति आधुनिक लोग्नेस्वास्नीः एकआपसमा पूर्णतया आर्थिकरूपमा आत्मनिर्भर, कर्तव्य भन्दा अधिकारलाई बढी मान्यता दिने, एकआपसमा पूर्णसमानताका आधारमा व्यबहार गर्ने, ससानो कुरालाई पनि ‘इस्यु’का रूपमा लिने, बच्चा जन्माउने, रहनसहन तथा कामकाजमा कसैको पनि (व्यवसायिक बाहेक) हस्तक्षेप नस्वीकार्ने एवं एकआपसमा कुरा नमिल्दा सजिलैसंग डिभोर्सको बाटो रोज्ने हुन्छन् । अतिआधुनिक पतिपत्नीहरू कम्प्रोमाइज गर्दैनन् । एकअर्काको प्रशंसा होस् वा आलोचना प्रचण्डरूपमा गर्छन् ।

पहिलो श्रेणीका लोग्नेस्वास्नीको दाम्पत्य जीवन मृत्यु पर्यन्त चल्छ । तर यो एकप्रकारले यन्त्रसरहको भावनाशून्य, हरेक कुरामा सम्झौता गर्ने, भाग्यवादी तथा यथास्थितिवादी जीवनशैली हुन्छ । यस्ता दम्पतिबाट जन्मेका बालबालिकाहरू पनि डोमिनेन्ट नेचरका नै हुन्छन् । यस्तो परिवारमा राम्रो लगाउन पाउनु, पेटभरी खान पाउनु, केटाकेटी वा लोग्नेबाट वा स्वास्नीबाट स्याहारसुसार पाउनुलाई नै ‘उपलब्धि’ मानिन्छ ।

दोश्रो प्रकारका लोग्नेस्वास्नीहरू चिन्तनका मामिलामा प्रथमसरह नै हुन्छन् तर व्यबहारमा उदार हुन्छन् । पतिले पत्नीको र पतिले पत्नीको आदरसम्मान गर्छन् । केटाकेटीहरू दूवैका साझा सम्पति मानिन्छन् । घरायसी दायित्व स्वास्नीको मानिन्छ भने बाहिरी दायित्व लोग्नेको मानिन्छ । यस्ता दम्पतिहरू पनि केही अर्थ र सीमासम्म भाग्यवादी नै हुन्छन् । असजिलो परिस्थिति होस् वा सजिलो दूवैलाई सहजरूपमा लिन्छन् र सिक्छन् । परिस्थितिसंग सम्झौता गरेर परिवारलाई महत्व दिनु यस्तो दाम्पत्यको विशेषता हुन्छ ।

तेस्रो दाम्पत्य समसामयिक परिवेश, आवश्यता तथा चाहनाको प्रतिनिधित्व गर्छ । आधुनिक लोग्नेस्वास्नी एकआपसमा सरसल्लाह गरेर काम गर्छन् । आधुनिक दम्पति परिवारका रूपमा ‘आफू दूई र आफुले जन्माएका दुई’लाई बढी महत्व दिन्छन् । आधुनिक दम्पतिहरू एकआपसमा बाझाबाझ गरे पनि सहमतिमा पुग्छन् । खासगरी ‘केटाकेटीको भविष्यका लागि’ सम्झौता गर्छन् । मिल्नै नसक्ने अवस्थामा मात्र डिभोर्स रोज्छन् ।

चौथो प्रकारको दाम्पत्य एकप्रकारको व्यापारिक सम्झौता सरह हो । यहाँ प्रेम र घृणा दूवै बनावटी हुन्छ । यस्ता दम्पतिले सजिलैसँग डिभोर्स रोज्ने हुँदा केटाकेटीको बिजोग हुने सम्भावना हुन्छ । समाज, परम्परा, संस्कृति तथा मान्यताहरू भन्दा कानुनी पक्षलाई बढी महत्व दिन्छन् । अतिमोडर्न दम्पतिका लागि विवाहेतर सम्बन्धहरू सहज स्वीकार्य हुन्छन् तर पार्टनरले धोका दिएको पटक्कै सहन्नन् ।
………….
मैले नेपालको कुरा गरेको हो । नेपालमा कस्ता पतिपत्नीको बाहुल्य होला ? साथै तपाईं आफै कुन् वर्गमा पर्नुहुन्छ ? भित्रभित्र मम भनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका

प्रधानमन्त्री र कांग्रेस नेताहरु छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजपनि बस्दैछ

गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण