भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा अझै भूकम्पको भय टोलाउनेजस्ता समस्याले पठनपाठनमा असहज



रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउँछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास माध्यामिक विद्यालय ।

विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही मङ्सिर ४ गते विद्यालय सञ्चालन भएदेखि नै उनी नियमित विद्यालय आएको बताउँछिन् । तर उनलाई न घर न विद्यालय जहाँ भए पनि भूकम्पको त्रास भने अझै हटिसकेको छैन ।

गत कात्तिक १७ गते राति गएको भूकम्पको झलझली याद आउने गरेको सिन्दु सुनाउँछिन् । पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको विद्यार्थीले बताउँदै आएका छन् । कक्षा ५ मा अध्यनरत विपिन मल्लको पनि समस्या सिन्दुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्नलेख्न मन नलाग्ने, विद्यालयमै अध्यनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिँदा झन् चिन्ता लाग्ने गरेको विपीन बताउँछन् ।

अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि जाडोको समस्या हुने गरेको कक्षा ८ मा अध्यनरत पुस्तक चन्दको गुनासो छ । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न पनि असज हुने गरेको विद्यार्थी बताउँछन् । जनविकास माध्यमिक विद्यायमामा हाल सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ ।

अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्राधानाध्यपक दीपकसङ्गम थापाले बताए । उनका अनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पले दुई वटा विद्यालयका आठ वटा कोठा पूर्ण रुपमा ध्वस्त बनाएको छ । बाँकी तीन वटा विद्यालयका भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् ।

हाल विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही विद्यालयमा अध्यनरत तीन जनाले ज्यान गुमाउनु पर्यो । विद्यालयले मानवीय क्षतिसँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउँछन् । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्यरत १४ वर्षीया प्रेमा मल्ल, सोही कक्षामा अध्यनरत १४ वर्षकै विराज मल्ल र कक्षा ५ मा अध्यनरत ११ वर्षीया चन्द्रकला खड्काको मृत्यु भयो ।

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थीे झन् एकहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको प्रअ थापाको भनाइ छ । विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ । विद्यार्थी पुरानैलयमा फर्किन करिब अझै एक महिना लाग्ने उनको भनाइ छ ।

पाठ्यक्रमको विषयवस्तुभन्दा पनि विद्यार्थीको मनोवल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका विषेशज्ञबाट मनोसामाजिक परापर्श आवश्यक रहेका प्रअ थापाले बताए । विद्यायलमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ ।

विद्यालयलाई केही सङ्घ संस्थाले सहयोग गरे पनि विद्यार्थीका शैक्षिक साम्रग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुुनिल मल्लले जानकारी दिए । उनका अनुसार विद्यालमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उनको भनाइ छ ।

भूकम्पले विद्यालय भवनमा क्षति पुर्याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरेको छ । भूकम्पपछि विद्यालमा पनि अस्तव्यस्त भएकाले विद्यार्थीलाई पुरानैलयमा ल्याउको लागि अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

भूकम्पले विद्यालयमा क्षति पुर्याएपछि तत्कालको लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न नसकिएको र बहुकक्षामार्फत विद्यार्थीलाई सिकाइ सहज बनाएको उनको भनाइ छ । विद्यार्थीलाई पूर्णरुपमा पुरानैलयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने उनले बताए ।

“यही मङ्सिर ४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि पठनपाठन प्रभावकारी हुनसकेको छैन, प्रभावकारी बनाउनेतर्फ लागि परेका छौँ, पुरानैलयमा विद्यार्थी फर्किसकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थी पुरानैलयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । जाडो तथा अन्य मेलापर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्ष पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख केसीले भने ।

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए । उनका अनुसार जिल्लाभर एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षा कोठामा क्षति पुगेको छ ।

त्यस्तै ३८ वटा शौचालमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिए । सामाजिक विकास कार्यालका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका छन् ।

भूकम्पका कारण एघार हजार नौ सय ५२ विद्यार्र्थी प्रभावित भएका छन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विद्यालय भवन क्षति पुर्याएपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा बसेरै पठनपाठन गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी