नेताहरुमा धम्कीको भाष्य



शारदाप्रसाद त्रिताल ।
एकजना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले पुल्पुल्याएर हुर्काएका व्यक्ति पनि हुन् । उनले ८–१० हजार (सरकारी तथ्याङ्क अनुसार) मानिस सडकमा उतारेर नेताहरुको विरोध के गरेका थिए, तिनै नेताहरु ती मेडिकल व्यवसायीलाई राजाले उक्साएको भनेर राजाउपर धम्कीको भाषा प्रयोग गर्न उद्यत देखिंदैछन् ।

नेताहरुले आआफ्नो दलको समर्थन गरुञ्जेल त्यही व्यक्ति असल, विश्वासिलो र दलको उच्चस्तरको सदस्य भनेर अर्को विरुद्ध उक्साउने गरेको देखिएकै हो । अहिले तिनै नेताहरुको विरोध गर्दा व्यवस्था विरुद्ध राजाले उकासेको भनेर आरोप लाउनु नेताहरुमा देखिएको विचलन मात्र हो वा कुशासन र भ्रष्टाचारको बचाउको लागि जनताको ध्यान अन्यत्र मोड्ने चालवाजी हो ? जनस्तरबाट यसको सुक्ष्म मूल्याङ्कन हुनु जरुरी छ ।
कम्युनिष्ट हौं भन्नेहरुको चरित्र नै तल्लो स्तरको उग्र गालीगलौज गर्नु र उग्रहरुलाई उकासेर आफ्ना विरोधीहरुप्रति आक्रामक प्रस्तुति गर्न लगाउनु हो, जुन नेपालले निकै लामो समयदेखि भोग्दै आएको छ । कम्युनिष्ट नेता तथा कार्यकर्ताको गाली र धम्की महात्म्य सिकेर होला आजकल धेरै मानिसहरु उग्र हुन थालेको देखिन्छ ।

अब त प्रजातन्त्रका हिमायती हौं भन्नेहरुले पनि कम्युनिष्टहरुको चरित्र अनुरुप हाँक र धम्की दिंदै राजालाई पार्टी खोलेर चुनाव लडेर देखाउन (२०४८ सालको चुनावताकाको भाषणको नक्कल) चुनौती दिन थालेछन् । प्रजातन्त्रको मान्यता अनुरुप सानातिना विरोधलाई संविधान र कानुनको सीमाभित्र रहेर व्यवस्थापन गर्ने, गराउने र त्यस्ता विरोधले ठूलो रुप लिएमा त्यसरी उठाइएका मुद्धालाई जनतासमक्ष लगेर जनमत अनुसार गर्ने हो, नकि स्यालको हुइयाँ मच्चाउने हो ।

अहिलेको समस्या भ्रष्टाचार र कुशासन हो । तीन ठूला दलले चाहेमा कुशासन हटाएर जनताको विश्वास जित्न सक्ने पर्याप्त शक्ति पनि छ । तर यी तीन दलका वर्तमान मुख्य नेताहरुबाट यसरी कुशासन हटाउने सम्भावना अत्यन्त कम देखिन्छ । कुशासनमा यसरी नै लागिरहने हो भने जनताले विकल्प खोज्छन्, त्यो पनि निश्चित हो । जनताले मिसन २०८४ सम्म पर्खिन पनि सक्छन् र त्यस अगाडि नै कदम चाल्न पनि सक्छन् । तर जनताले प्रजातन्त्रको विकल्प खोज्ने सम्भावना भने छैन । कुशासनका हिमायती भ्रष्ट नेता र शासकहरुको दुर्गति कसरी हुन्छ भन्ने उदाहरण विश्वका विभिन्न देशहरुमा देखिने गरेकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

सौर्य एयरका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा