७० वर्षको चेतनाले मानिसलाई ‘राजनीति’ भनेको सडकमा भिड जम्मा गर्नु हो भन्ने बुझाएछ



डा. युवराज संग्रौला ।
१. ७० वर्षको चेतनाले मानिसलाई ‘राजनीति’ भनेको सडकमा मन्दिरमा र सम्मेलनमा भिड जम्मा गर्नु हो भन्ने बुझाए छ ।

२. सबैले सबैलाई दलाल भन्न सिकाएछ ।

३. कसैको पछाडि झोला बोकेर कुद्नु, अरुले झोला बोकेको विरोध गर्नु, र अझ हिजो त विचारका लागि झोला बोक्यो आज मानिसको झोला बोक्नेको बथान नै राजनीति हो भन्ने अचेत पो पलायो । राजनीति त साधन मात्र हो, त्यसले समाज विकासको कार्यक्रम जन्माउँछ । राजनीति लौरो हो, जसको आफ्नो जीवन हुन्न । त्यस्ले समाजको सांस्कृतिक उन्नयन र अर्थतन्त्रको समृद्धि निर्माण गर्छ ।

सत्ताको लागि संगठन निर्माण गर्ने र निर्वाचनको भर्याङ्ग चढ्ने राजनीति त कुलिनतन्त्र हो, जसले समाजको अधीन थोरै मानिसका हातमा राख्छ । यो राजनीति “भेडा गोठाला र भेडाको सम्बन्ध“ को सिद्धान्तबाट निर्देशित हुन्छ ।

समाजको उन्नयन र अर्थतन्त्रको समृद्धि निर्माणका कार्यक्रम बनाउने राजनीति ‘बिचार’ बाट निर्देशित हुन्छ । विचार तर्कमा आधारित हुन्छ। तर्क सत्यमा आधारित हुन्छ। सत्य तथ्यमा आधारित हुन्छ, तथ्य प्रकृति वा समाजमा निहित अन्तरविरोधबाट बन्छ। र, राजनीतिले यी अन्तरविरोधको विश्लेषणबाट यात विरोधाभाषको एकता निर्माण गर्छ यात एउटा अन्तरविरोधलाई पराजित गर्छ ।

यो चेतको अभावमा निर्माण भएको भेडातन्त्र नेपाली राजनीतिको आजको समस्या हो । कहिले राष्ट्रपतिको मन्दिर भिड, मानिसको घुइँचो हुन्छ । कहिले राजाको मन्दिर भिड मानिसको घुइँचो हुन्छ। कहिले शिक्षकको सडक भिड मानिसको घुइँचो हुन्छ । कहिले कसैको सम्मेलनको भिड मानिसको घुइँचो हुन्छ । घुइँचोको यस खचाखचमा चोरले फाइदा लिन्छ । राजनीति गर्ने हो भने ‘दिमागमा समस्या’ को छ्लफल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक