कांग्रेस सांसदले भने-संसद विकास कोषको रकम खर्चमा रोक लगाउने सर्वोच्च अदालतको आदेश अनुचित



काठमाडौं । संसद विकास कोषको रकम खर्च गर्न रोक लगाएर सर्वोच्च अदालतले संसदमाथि हस्तक्षेप गरेको भन्दै संसदमा कुरा उठेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको बताएका हुन् ।

उनले बजेट निर्माण र पारित गर्ने संंसदको अधिकार भन्दै त्यसमा न्यायालय प्रवेश गर्न नमिल्ने बताए । घिमिरेले सर्वोच्च अदालतको आदेश उचित नभएको बताए ।

उनले भने, ‘हाम्रो सविधानले शक्ति पृथकीकरणको गरेको छ । सबैको अलग–अलग दायरा र क्षेत्रको कुरा गरेको छ । हिजोको आदेशले एक अर्काको कार्यक्षेत्रमा प्रवेश गर्ने दखल अन्दाजी गर्ने प्रयासमा गएको छैन । सम्पूर्ण संरचना त्यता उन्मुख भएको आभास दिएको छ ।’

उनले आफू अदालतप्रति विश्वास गर्ने र यसको स्वतन्त्रका लागि लडेको भएपनि अदालतको हिजोको आदेश भने स्वभाविक नभएको बताए । उनले भने, ‘बजेटको एउटा अंश झिकेर खण्डित गर्ने कुरा कार्यपालिका र न्यायापालिकालाई छैन । यो हुन थाल्यो भने लोकतन्त्रको अवस्था के होला । यो व्याख्याले संविधानलाई खलल पार्ने काम भएको छ ।’

उनले कुरा पाँच करोडको नभएर नियतको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति