प्रधानमन्त्रीले फुकोट कर्णाली र तल्लो अरुण भारतलाई किस्तीमा राखेर सुम्पिएको ओलीको आरोप



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कौडीको भाउमा भारतलाई दुई वटा नदी बेचेको आरोप लगाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्लो अरुण र फुकोट कर्णाली बेचेको आरोप लगाएका हुन् ।

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले देशका बारेमा चुइँक्क बोल्न नसकेको आरोप लगाए । उनले भने, ‘भारत भ्रमणमा के गरेर आउनु भयो त ? दुई वटा नदी तल्लो अरुण कौडीको मोलमा दिनुभएको छ । फुकोट कर्णालीजस्तो सस्तो आयोजना आफैं बनाउने भनेर मैले २०७६ मा निर्णय गरेको थिएँ। अहिले त प्रधानमन्त्रीले किस्तीमा राखेर उतै सुम्पिनुभएको छ। के शर्तमा दिइएको प्रधानमन्त्री भन्न सक्नुहुन्न। नेपाली जनतालाई थाहा छैन कुन कुन नदी कस्तो अवस्था गएका छन्।’

उनले यतिबेला नेपालको दशा बिग्रिएको बताए । उनले भने, ‘नेपालको दशा बिग्रिएकै हो। नेपालमा दुरदीन छाएकै हो। नेपाली भूमिमा ग्रहण लागेकै हो। यस्ता यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी

केपी ओली, बाबुराम भट्टराई, गगन थापालगायतले राजनीतिक बेइमानी गरेको बालेनको आरोप

काठमाडौँ । फुटपाथ व्यवसाय व्यवस्थित बनाउन माग गर्दै एकसता भन्दाबढी समयदेखि धर्ना दिइरहेका

अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।