भारतको नयाँ संसद भवनमा राखिएको चित्र एउटा इतिहास मात्र हो, त्यसको कुनै सान्दर्भिकता छैन



केशवप्रसाद भट्टराई।
प्रधानमन्त्रीको कालापानी, लिपुलेक र लिम्पियाधुराबारेको टिप्पणी र भारतको नयाँ संसद भवनमा राखिएक्को प्राचीन भारतको नक्सा बारे

१. प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग बंगलादेश जोड्ने राधिकापुर मार्गसँग साट्ने कुरा गर्नुभएको भनेर विरोध गरेको देखिन्छ । एउटा त कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै नियन्त्रणमा छ । ती भूभागलाई नेपालले आफ्नो दावी गरेको छ । तर कालापानी बाहेक लिपुलेक र लिम्पियाधुराबारे दुई मुलुकवीच कूटनीतिक वार्ताको प्रक्रियानै आरम्भ भए जस्तो लाग्दैन । २०१५ सालमा भारत र चीनले लिपुलेकबारे आफ्ना सहमतिमा उल्लेख गर्दा नेपालले चीन समक्ष लिपुलेकलाई त्रिदेशीय बिन्दु भनेर आपÞm्नो विरोध कूटनीतिक स्तरमा व्यक्त गरेको थियो । लिम्पियाधुरालाई सन् २०२० मा आएर आफ्नो भूभाग भएको दावी गरेको हो । त्यसैले कालापानी लिपुलेक र लिम्पियाधुराबारे भारतसँग टेबुलमा बसेर आफ्ना दाबी र प्रमाण पेश गर्ने कूटनीतिक वातावरण निर्माण गर्नु नेपालको प्राथमिकता हुनुपर्ने हो, यसलाई साटासाटको विषय बनाउनुको अर्थ बुझ्न सकिन्न ।

२. वार्ताको टेबुलमा नेपाल र भारतले आफ्ना प्रमाणहरू पेश गर्ने कार्यनै नभएको सन्दर्भमा प्रधानमन्त्रीको भनाइलाई लिएर तर्क–वितर्क , विरोध वा समर्थनको राजनीतिक अर्थ होला तर त्यसको कूटनीतिक र रणनीतिक अर्थ छ जस्तो लाग्दैन । अर्को भारतको उत्तरपूर्वी राज्यहरूलाई बाँकी भारतसँग जोड्ने करीव २० किलोमिटर चौडाई र ६० किलोमिटर साँघुरो चिकन नेक भनेर चिनिने सिलिगुडी कोरिडोरको भूभाग भएर बंगलादेश पुग्ने बाटो भारतले नेपाललाई हस्तान्तरण गर्न सम्भव नै छैन । भुटान र सिक्किमवीचको चीनको चुम्बी उपत्यकामा चीनले विशाल सैन्य शक्ति तैनाथ गरेको बताइन्छ । भारतका उत्तरपूर्वी राज्यहरूलामो समयसम्म पृथकतावादी गतिविधिका केन्द्र रहे, ती भारतीय मूलधारमा आएको धेरै भएको छैन, त्यसमाथि अरुणाचल प्रदेशको ठूलो भूभागमा चीनको दावी छ । त्यो भूभागलाई जोड्ने साँघुरो भूभागको रणनीतिक सम्वेदनशीलतालाई प्रधानमन्त्रीले बुझेकै हुनुपर्ने हो । त्यसैले प्रधानमन्त्रीको त्यो भनाई एउटा राजनीतिक वक्तव्यबाजी मात्रै हो भन्ने लाग्दछ ।

३. भारतको नयाँ संसदमा राखिएको प्राचीन भारतको एउटा चित्र एउटा इतिहास मात्र हो । वर्तमानमा त्यसको कुनै सान्दर्भिकता छैन । त्यतिखेर तिब्बतको अधीनमा रहेका तर वर्तमानमा भारतमा रहेका भूभागपनि उक्त नक्सामा समेटिएको छैन । कुनै समय मानसरोवर देखि गङ्गासम्म र टिष्टा देखि काश्मिरसम्म पनि नेपाल थियो । नेपालले पनि आफ्नो नयाँ संसद भवनमा त्यस्तो नक्सा राख्न सक्छ र राख्न पाउँछ । सवाल अर्को पनि छ जतिखेर वुद्ध जन्मिए त्यतिखेरको कपिलवस्तु वा लुम्बिनीमा नेपालको अधिनमा थियो ? थिएन ।

४. नेपालको वर्तमान स्वरुप निर्माण हुनु अघि वर्तमान नेपालमा रहेका भूभागहरूको स्वामित्व कहिले कसैको कहिले कसैको रहने नै भयो । त्यसैले त्यतिखेरको नक्सा वा इतिहासमा विरोधको औचित्य म बुझ्दिन । हो आज ती भूभाग नेपालमा छन् । ती हाम्रा हुन् । आज ती भूभागमा कसैले दावी गर्न पाउन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ