संसदको रेकर्डबाट ‘डिलिट’ भएको जलहरी प्रकरण कहिले होला जनताको मानसपटलबाट ‘डिलिट’ ?



काठमाडौं । संसदमा एकजना सांसदले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको र छानबिन गर्न माग गर्दा तीन दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन लगाउने सहमति गरे । तीन नेताको सहमति अनुसार सभामुखले रेडर्कबाट सांसदको अभिव्यक्ति हटाउनु पनि लगाए । संसदको रेकर्डबाट हटेपनि दिउँसै रातपार्ने करोडौंको त्यो घोटाला प्रकरण आमजनता, नागरिक समाज तथा संचारजगतको रेकर्डबाट चाहिँ डिलिट होला र ? जेठ दश गतेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरे ।

उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको यो काण्डको छानबिनको माग गरेपछि नेकपा एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध पार्यो । त्यसपछि शनिबार प्रमुख तीन दलका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच जलहरी काण्डमा सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भयो । र शनिबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताए । बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषले गरेको काममा विपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको भन्दै यस्ता विषयमा संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेको बताए ।

खासमा यो पशुपतिको जलहरीको विषय सांसद दाहालले उठाएको विषय होइन । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले समेत सुनको विवरण नमिलेको भन्दै प्रश्न उठाएको थियो । त्यो विषयलाई सांसद दाहालले स्मरण गराउनु मात्र भएको थियो । प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरेको बताएको छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । यही सुनमा घोटाला भएको हो । संसदमा छिनोफानो हुनुपर्ने विषय बाहिर छलफल गरेर रेकर्डबाट हटाउने तीन दलले सहमति गरेको भन्दै सर्वत्र विरोध भएको छ ।

आइतबारको संसद बैठकमा सांसद अमरेशकुमार सिंहले ठूला दलका शीर्ष नेताहरुले संसदलाई आफूखुसी प्रयोग गरिरहेको भन्दै आपत्ति जनाए । त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि तीन दलका शीर्ष नेताको सहमतिप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।’

त्यस्तै पूर्वसचिव शारदाप्रसाद त्रितालले तीन दलको सहमति प्रति आपत्ति प्रकट गरेका छन् । सामाजिक सजालमार्फत त्रितालले भनेका छन्, ‘भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो राष्ट्रिय समस्या हो । यो राष्ट्रिय समस्या समाधान गर्न कति छिटो तीन दलीय सहमति हुन सक्यो । संसदको रेकर्डबाट त जलहरी सम्बन्धी कुराहरु हटे होलान् तर जनताको मानसपटलबाट हट्ने छैनन् है नेताज्यूहरु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने