कांग्रेसले भन्यो-नक्कली शरणार्थी प्रकरणले सत्ता समीकरणमा फेरबदल आउँदैन



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा देगाको सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।

मंगलबार  बिहान आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका हुन् । उनले यो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस्, निर्दोष नफसुन्’ भन्नेमा कांग्रेस दृढ रहेको बताए ।

उनले भने,‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ । उहाँ स्वयंले पनि अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनुपर्छ ।’

उनले पार्टी नेता बालकृष्ण खाँणमाथि अनुसन्धान भइरहेकाले आफूहरु निष्कर्षको पर्खाइमा रहेको बताए । उनले यो बिषयलाई लिएर पार्टी भित्र कुनै विवाद नभएको दाबी गरे ।

उनले भने,‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ।’ प्रवक्ता महतले शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताए ।

उनले भने, ‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ ।’ उनले यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा