पहिले पार्टीले गुण्डा प्रयोग गरे….



पहिले पार्टीले गुण्डा प्रयोग गरे,

पछि तिनै गुण्डाले पार्टी कब्जा गरे ।

पहिला नेताले एनजीओ प्रयोग गर्यो,

पछि एनजीओले संविधान कब्जा गर्यो ।

 

अहिले एनजीओ सत्तामा छन्,

पार्टी स्थायी प्रतिपक्षमा छन् ।

 

पहिला देशका लागि रगत बगाउने नेता थिए,

अहिले एनजीओका बाजारू नियुक्त छन् ।

 

पहिले राष्ट्रवादी नेता थिए,

अहिले राष्ट्रघाती कुर्सीमा थमाइन्छन् ।

 

व्यवस्था,अवस्था सबै मिसनका कब्जामा छन् ।

विद्यालय गएका साना नानीलाई अभिभावक देश हैन म

स्कूल राष्ट्रघात पढाउँछन् ।

हुर्कँदै गरेका नानीहरूका शिक्षक

राष्ट्र त्याग गर्दछन् भने

राष्ट्रद्रोह सिकाउँछन् ।

 

मनमा नेपाल सजायका नेपाली

थकित, गलित र सिथील छन् ।

उनिहरूमा

यो बेठिक, प्रतिवाद गरौँ भन्ने सम्म उर्जा

बाँकी रहेन ।

 

देशमा निराशाको बीज उनै रोप्छन् ।

निराशालाई नेपालीको नश-नशमा भर्छन् ।

यो मुर्छित धरालाई बलात्कार गरिरहन्छन् ।

कुपुत्र अजात शत्रु पैदा गर्छन् ।

मन, गौरव स्वाभिमानलाई छिया-छिया पार्छन् ।

 

त्यो खड्ग लिएको सूर्यवंशी आओस् ।

यी कलेजा व्यापारीलाई बसफोरस कटाओस् ।

हाम्रो स्वर्ण युग पुन: जगाओस् ।

हाम्रो गोरख पुन जगाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई