हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो



डा. युवराज संग्रौला ।

अब यो लोकतन्त्रको प्राण छैन । हाम्रो जस्तो आर्थिक समस्याले ग्रस्त देशलाई नेता होइन, समाजलाइ एउटा नयाँ संस्कृति दिने विद्वानहरुको जमात चाहिन्छ । हामी फलामको कतैबाट प्रकाश र आवाज नआउने घरभित्र छौं । तर यस अन्धकारमा बाँचेको अनुभूति हामीलाइ छैन । हाम्रो शत्रु अरु कोही होइन, हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो । अहिले पनि हामीलाई ढुक्क छ ।

१. हामीले राजनीतिमा बेइमानी गर्यौं । राजनीतिको काम राष्ट्र बनाउने थियो, तर हाम्रो कथित लोकतन्त्रले राष्ट्रका जरानै उखेलिदियो। व्यक्तिगत स्वार्थमा निर्लिप्त नेताले देश कहिले पनि देखेनन् । कथीत युवा नेता आफ्नो पिर्का जोगाउन निर्लिप्त रहे ।

२. इतिहासको विकासवादी प्रवृत्तिलाई बिर्सेर देश बनाउन सकिन्न । परिवर्तनलाई निर्देशित गर्ने विकासवादी ऐतिहासिक प्रवृत्ति बाहिर गएर लहडले देश बन्दैन । देश बनाउन देशको माया हुनुपर्छ । देशमा बस्नै नचाहने नागरिक, श्रमलाई वेवास्ता गर्ने शासक र एकैछिनमा करोड कमाउने आशक्तिले हामीलाई सक्दैछ ।

३. राजनीतिलाई सत्ताको माध्यम बनाउने राजनीतिले देश बन्दैन । उत्पादन गर्ने नागरिकले देश बनाउँछन् । बहाना गर्न बानी परेको हामीलाई सत्य मन पर्दैन। हामीलाई त बहाना चाहिन्छ । अब एउटा अलग विकल्पको आवश्यकता कसैले इन्कार गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको कुरा भूल्नु हुँदैनः सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन

प्रधानमन्त्रीले फुकोट कर्णाली र तल्लो अरुण भारतलाई किस्तीमा राखेर सुम्पिएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत

नागरिकताबारे त सबै बोलेका छन्, नागरिकबारेचाहिँ बोलेका छन् कि छैनन् होला ?

नारायण गाउँले । भैरहवाको तापक्रम मरूभूमिको शहर भनिने दुबईभन्दा बढ़ी रहेछ ।नेपालगञ्जदेखि विराटनगरसम्म

नेपालले भारतीय पर्यटक आकर्षित गर्न सक्नुपर्छ

लुम्बिनी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने