बालेनलाई जिम्मेवार र जवाफदेही बन्न शंकर पोखरेलको चेतावनी



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकका मेयर बालेन साहको अभिव्यक्तिले नेपाली समाजलाई अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गरेको बताएका छन् ।

शनिबार मेयर साहले देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएपछि सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले भनेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’

बालेनले भनेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको