विदेशमा पढेका वा काम गरेर फर्केकाहरु मात्रै योग्य हुने भाष्य गलत होः महामन्त्री थापा



दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनमा ‘टुरिस्ट’ उम्मेदवारलाई मतदाताले सबक सिकाउनुपर्ने बताएका छन् ।

सोमबार तनहुँ क्षेत्र नम्बर एकको कांग्रेस सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनाललाई टुरिस्ट उम्मेदवारको संज्ञा दिँदै मतदाताले सबक सिकाउनुपर्ने बताएका हुन् ।

विदेशमा पढेका वा काम गरेर फर्केकाहरु मात्रै योग्य हुने भाष्य निर्माण हुन लागेको भन्दै महामन्त्री थापाले त्यो परीक्षाको घडी पनि यही चुनाव भएको बताए ।

उनले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने ।’

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरे । महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन् । उनले पाँचवर्षका लागि कांग्रेसलाई जिताएर पठाउन पनि आग्रह गरे ।

कांग्रेसले परिणाम दिने गरी काम गरेन भने अर्को चुनावमा मतदाताले दण्ड दिन सक्ने बताए। अवसर नपाउनेहरु कांग्रेसमा तमाम रहे पनि यहिँभित्र संघर्ष गरिरहेको बताए। आफूले आफ्नै ससुरासँग महामन्त्रीमा र आफ्नो पिता भन्दा तीन वर्ष जेठो पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको