नेपाल राष्ट्र र नेपाल राज्य भन्दा माथि नेपालमा दलहरू छन् !



केशवप्रसाद भट्टराई ।
प्रजातन्त्रको समाजबाद वा पूँजीवाद दुवै आर्थिक व्यवस्थाहरूसँगको सम्बन्ध प्रितिकर रहेको छैन । समाजवाद र पूँजीवादका मूल मर्मलाई नबिथोलिकन दुवैका लाभहरूलाई मिसाएर आफ्नो आर्थतन्त्र निर्माण गरेका प्रजातन्त्रहरूले मात्रै समस्या र चुनौतीहरूलाई झेल्दै आफ्नो उन्नति र प्रगति गरिरहेका छन् । हाम्रो कुरा नगरौँ हामीकहाँ प्रजातन्त्र भन्दा माथि दल तन्त्र, राज्य भन्दा माथि दल । हाम्रो अर्थतन्त्र भनेको दलीय अर्थतन्त्र । शिक्षा, स्वास्थ, सरकारी सेवा को कुरा छोडौँ न्याय पनि दलीय । २०४६ वा २०६२–६३ हाम्रो प्रजातन्त्र र गणतन्त्रलेले पृथ्वी नारायण शाह, कालुपाँडे, बहादुर शाह वा झागल गुरूङ्, अमर सिँह वा बिसे नगर्ची, अभिमान सिंह बस्नेतहरूको नाउमा कुनै शैक्षिक सँस्था, अस्पताल स्थापना गरेको , कुनै राजमार्ग बनाएको छ ?

तर काङ्ग्रेस र कम्युनिस्ट नेताहरूको नाउमा हेर्नोस् त । अन्यत्र जानु पर्दैन, महाराजगन्जको शिक्षण अस्पताल जानोस् त त्यहाँ काङ्ग्रेस, एमाले, माओवादी सवै नेताका नाउँमा त्यहाँको शिक्षण अस्पताल कलेज भन्दा माथि रहने गरी, जुन कलेजका विद्यार्थी पढाउन त्यो शिक्षण अस्पताल खडा गरियो त्यो कलेज प्रशासनको कुनै नियन्त्रण नरहने प्रतिष्ठानहरू खडा छन् ।

नेपाल राष्ट्र र नेपाल राज्य भन्दा माथि नेपालमा दलहरू छन् । नेपालको इतिहास भनेको दलहरूको इतिहास । अनि उनीहरूले सुखी, समृद्ध र सभ्य राष्ट्र बनाउने । हामी र हाम्रा सन्तानले सुनौलो भविष्यको सपना देखेर बस्ने । एमाले र काङ्ग्रेसले हानथाप –उछिन –पाछिन गरेर बनाएको महान लोकतान्त्रिक गणतन्त्रको प्रचण्ड नेतृत्वको सरकारको एउटा झाँकी त फोटो नै भयो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको