आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीको इच्छा शक्तिले मात्र हुँदैन, सबै दल एकजुट हुनुपर्छः शेखर कोइराला



काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कोइरालाले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

कोइरालाले प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्रमा देखिएको संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए । उनले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने बताए ।

उनले  भने,’विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ । सबै राजनीतिक दल र सरकारलाई मेरो विनम्र अनुरोध छ कि देशको सवल अर्थतन्त्रका लागि समय समयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौं । नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रदर्शन गरेर पुग्दैन ।’

कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना