गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय



पोखरा । राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्रले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको माओवादी सांसद हरिबहादुर भण्डारीले जानकारी दिएका छन् ।

एमाले नेता खगराज अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । दल नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र रेशमबहादुर जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

दुवैले आज नै मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा दिने सांसद भण्डारीले बताए । माओवादी सरकारबाट बहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ ।

समर्थन फिर्ता लिएको जानकारी संसदमा आजै गराउने माओवादीको तयारी छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था

अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो

रेखा शर्मा । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको

४२ डिग्री सेल्सियस तापक्रममा बर्खाका लागि ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा रहेको महोत्तरीको प्रचण्ड रापसँगैको तातो हावाका