प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका छन् ।

सोमबार संसद बैठकमा आफूले मागेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफूले अन्तिम समयसम्म पनि १० पुसअघिकै गठबन्धनबाटै प्रधानमन्त्री हुन बल गरेको बताएका हुन् ।

उनले बरु एमाले नै आफूलाई खोज्दै आएको बताए । उनले भने, ‘म खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो । त्यसबेला कांग्रेसलाई के भन्नुभयो ? अहिले सबै कुरा नभनौं । बरु मैले तपाइँलाई दुईपल्ट प्रधानमन्त्री बनाएको थिएँ, एउटा तिर्नुभयो एउटा अझै बाँकी छ ।’

उनले  यसबारे आफैंलाई प्रश्न गर्न एमाले उपाध्यक्ष विष्णु पौडेललाई आग्रह गरे । उनले भने, ‘यो प्रश्न आफैँलाई गर्नुस् किन यस्तो भयो भनेर । विष्णु पौडेलजी अर्थमन्त्री हुनुहुन्थ्यो उहाँलाई सबै जानकारी छ, किन भयो भन्ने कुरा आफैँलाई सोध्नुस् ।’

प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताए । उनले ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताए ।

उनले भने,’त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्न सक्नुपर्छः गगन थापा

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ’ग्रेटर नेपाल’ जारी गरी

पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेडमा उत्रियो, एमालेले प्रतिवाद गर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई एमालेमाथि

बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न सक्दैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा

बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छः सांसद घर्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले