‘पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट गएको ?’



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीसँग नेकपा एमालेसँग सहयात्रा
टुंग्याउनुको जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उपाध्यक्ष पौडेलले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन् । उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए ।

उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट गएको भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने बताए ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो । यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ

गगनलाई रविको चुनौतीः मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु, नभए तपाईं छाड्ने हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले

कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर

संसदीय समिति नबन्दा संसदमा सकसः जेठ १ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले