पाठेघर र स्तन क्यान्सरको उपचार अब निःशुल्कः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ।’

प्रधानमन्त्रीले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनालाई प्रधानमन्त्रीको आग्रहः फाष्टट्रयाक आयोजनाको सुरु बिन्दु खोकनाको जग्गा अधिग्रहणको प्रस्ताव ल्याउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता