यो गठबन्धन फुटाउन कुनै धराप नथाप्न एमालेलाई गगन थापाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन् । शुक्रबार आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा महामन्त्री थापाले यो गठबन्धन पाँचवर्ष दयाँबायाँ नहुने समझादारी भएको बताएका हुन् ।

उनले यसपटक कांग्रेस जिम्मेवारकासाथ अघि बढ्ने बताए । महामन्त्री थापाले यो गठबन्धन फुटाउन कुनै धराप नथाप्न एमालेलाई आग्रह गरे ।

उनले भने,’यो गठबन्धनविरुद्ध कसैले धराप नथापे हुन्छ। कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन।’ उनले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा कुरा नभएको बताए ।

उनले भने,’यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । पाँचवर्ष सहमति अनुसार कहीँ कतै अल्मलाउन नआए हुन्छ ।’

उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । उनले भने, ‘त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’

उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए । महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको लहडले ५ वर्ष खेर गएको बताए । उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको दाबी गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते

कांग्रेस-एमाले आगामी चुनावसम्म सत्तामा रहे हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का