पुस १० को गठबन्धन टिक्दैन भन्ने ओलीको अभिव्यक्तिबाटै थाहा थियो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा भएको गल्तीलाई सच्चाएर अस्वाभाविक रूपमा बनेको गठबन्धन घाम लागेका बेलामा भत्काएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूहरुले भनेरै अप्राकृतिक गठबन्धन भत्काएको बताएका हुन् । चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको उनले बताए ।

उनले भने,‘संसदको पहिलो बैठकमा हाम्रो सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभयो । तर कुनै तीतो सन्दर्भ उठाउनुभएन। त्यसपछि बोल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका घटना सही थिए र पटकपटक हुन्छ भन्ने कुरा राखेकोले पुस १० को गठबन्धन टिक्दैन भनेर राजनीतिक सोच सबैमा आएको हो ।’

उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए । उनले भने, ‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन ।’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताए । उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

महामन्त्री थापाले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए । उनले अब केन्द्रदेखि प्रदेशसम्म आठ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते