आफूले आलोपालोमा प्रधानमन्त्री पाउने कुरा अनुमान होः अध्यक्ष नेपाल



जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने बताए । उने भने,‘चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको बताए ।

आफूहरुका बीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनले बताए । उनले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुनसक्ने तर कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा