राष्ट्रपति को हुने भनेर भारतीयलाई चासो किन ?



डा. युवराज संग्रौला

गरिबीले मानिसको मनबाट विश्वास र भरोसाको सत्यानास गर्छ । र, मानिसले जीवनप्रति घृणा गर्छ। अहिले नेपालमा मानिसमा विश्वास र भरोसा छैन।उनीहरुले देखेका छन्, ‘बिचौलिया व्यापारीले अर्बौं रुपियाँ कतार र दुबै लगेका छन् । बिचौलियाले देशमा केही अवसर छैन भनेर प्रचार गरेर, ‘खोजी खोजी युवा विदेशमा पठाएका छन् ।’ उनीहरु युवा बेचेर धनी भएका छन् । ‘अहिले अरबबाट लास ल्याएर राजनीति गर्नेको व्यापार पनि उत्तिकै चलेको छ।’ अरबमा नेताका भिल्ला छन् भन्ने सुनिन्छ। कानुनले दिएको छैन “तर हाम्रा व्यापारीले विदेशमा अर्बौं लगानी गरेका छन् ।’

हाम्रो समस्या देशको डरलाग्दो गरिबी हटाउने हो। ‘यो गरिबी हटाउन जनतामा उत्पादन र सुखी जीवन देशमै निर्माण गर्न सकिन्छ भन्ने आँट जगाउनु हो भनेर विश्वास निर्माण गर्नुपर्ने अवस्था छ। मानिसको जीवन आवश्यकता र चाहनासँग जोडिएको हुन्छ। यी आवश्यकता र चाहना पूर्ति गर्न मानिसमा आशा र भरोसा निर्माण गर्न सक्नुपर्छ। बाटो बनाउन सकिन्छ, देशमा पैसा छैन भने विदेशीसँग माग्न सकिन्छ। पुल बनाउन पनि सकिन्छ। ठूलठूला घर पनि बनाउन सकिन्छ। तर विकास यसो गर्नु मात्र होइन। विकासको अर्थ त ‘मानिस बनाउनु हो।’ मानिस बनाउन सजिलो छैन। मानिस बनाउनु भनेको ‘उनीहरुको दिमागमा नयाँ सोच, नयाँ विचार र जीवनको नयाँ मूल्य भर्नु हो। प्रविधिको सीमा हुन्छ, विज्ञानको पनि सीमा हुन्छ।तर मानिसको ‘आँट र भरोसाको सिमाना हुंदैन।’ विकास गर्न गरिबीकाविरुद्ध, सहज जीवनका लागि लडाइँ गर्नुपर्छ।यो लडाइँ लड्न मानिसमा आत्मविश्वास र भरोसा भर्नुपर्छ।

१. देशमा योजनाबद्ध ढंगले मानिसको आत्मविश्वास भत्काइएको छ। युवा शक्ति देशमा बस्यो भने नेता, व्यापारी र बिचौलियाले विदेश लगेको सम्पति खोज्छ भन्ने डर छ । आजको स्कुलमा पढ्ने विद्यार्थीलाई देशमा भविष्य छैन भनेर सिकाइएको छ। आजको लडाइँ यस विषाक्त सोचका विरुद्ध हुनुपर्छ। व्यक्तिले दुनियाँ बदल्दैन केवल समस्याको सही पहिचान र त्यसलाई समाधान गर्ने सोचले मात्र सही बाटो बनाउँछ ।

२.देशबाट भारतमा खर्बौंको रेमिटेन्स गइरहेको छ। भारत गएको रेमिटेन्स र खाद्यान्न किन्न मात्र ८ खर्ब जति विदेशिन्छ । बिचौलिया व्यापारी, सत्ताको दुरुपयोग गर्ने भ्रष्ट मन्त्री र कर्मचारीले खर्बौ विदेश लगेका छन् । अनैतिक व्यापारीले नेपालमा सामान ल्याउने भनी एलसी खोलेर विदेशबाट कच्चा पदार्थ, सुपारी, सुख्खा फलफूल ल्याएर भारत स्मग्लिङ्ग गरिरहेका छन् । विद्यार्थी बेच्ने प्रदर्शनी लाग्छन् । देश भित्र चलेका कलेज बन्द गर्न हाकिम विदेशीसँग पैसा लिन्छन् । यी सबै खोज्नेबेला आइरहेको छ। तर आन्दोलन धर्म र तन्त्रतर्फ मोड्ने प्रयास भैरहेको छ।

. देशमा विदेशीको जात्रा चलिरहेको छ। राष्ट्रपति को हुने भनेर भारतीयहरु पर्चा छाप्दैछन् । एकै महिनामा तीन पटक आएर विदेशी धंम्की दिँदैछन् । राजदूत घरमा मात्र होइन धर्म र जाति खोजेर भांषण गर्दै हिँडेका छन् ।यदि देशलाई जोगाउने हो भने अब ‘जवाफ खोज्ने बेला आयो’। विदेशको दानापानी खाने र नेपाललाई लुट्नेहरुका हातबाट अर्थतन्त्र खोस्नु अबको आन्दोलन हो । गरिबी नफ्याँकेर लोकतन्त्र र राष्ट्रिय स्वतन्त्रता जोगाउन सकिन्न । हामीलाइ नेता होइन देश बनाउने अभियन्ता चाहिएको छ। नेपालमै उत्पादनको क्रान्ति शुरु गरौँ , नेपाली उत्पादन प्रयोग गरौं। उत्पादनसङ्गै बजार निर्माण गरौँ। देशमा पैसा राखौं । देशमै पढौं र देशमै काम गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते