वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने



काठमाडौैँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।

‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि