प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटीः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएको आरोप लगाएका हुन् । उनले पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताएका हुन् ।

उनले भने,‘हामी जसरी पनि सरकार बनाउने अवस्थामा थिएनौँ । हामी प्रतिपक्षमा बस्न तयार थियौँ । प्रतिपक्ष मानसिकताका साथ काम गरेका थियौँ तर सरकारको प्रतीक्षा गरिरहँदा निर्धारित समय सकिन लाग्यो । अनि हामीले त्यसपछि सरकार बनाउन पहल सुरु गर्यौँ ।’

उनले अहिले सत्ता बाहिर बसेर कांग्रेसले असंसदीय व्यवहार देखाएको आरोप लगाएका छन् । उनले भने, ‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन । अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ।’

अध्यक्ष ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताए । उनले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए । अध्यक्ष ओलीले आफूहरूले राजनीतिक स्थिरताको सधैं अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको