आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै कांग्रेस नेता श्रेष्ठद्वारा आयोगमा निवेदन



काठमाडौं । चितवन क्षेत्र नम्बर दुईबाट आफूलाई विजयी गराउन माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । मंसिर ४ को निर्वाचनमा विजयी भएका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले आफूलाई स्वतः निर्वाचित घोषित गर्न माग गर्दै आइतबार आयोगमा निवेदन दिएका हुन् ।

चितवन २ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा माघ १३ गतेको सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमाइसकेका छन् । अदालतको फैसलापछि दोस्रो नम्बरमा रहेका श्रेष्ठले आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।

श्रेष्ठले मंसिर ४ को निर्वाचनकै समयमा लामिछानेको नागरिकता विवादमा पाँचवटा उजुरी परे पनि आयोगले त्यसमा कारवाही नगरेको बताएका छन् ।

तर आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेकाले स्वतः निर्वाचित भएको घोषणा गर्न नमिल्ने बताए ।

उनले उपनिर्वाचनबाहेक पदपूर्तिबारे कानुनले परिकल्पना नगरेको स्पष्ट पारे । अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा अब उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने