मलेसियाका गृहमन्त्री इजमाइल आज नेपाल आउँदै



काठमाडौं । लेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल आज राति नेपाल आउँदै छन् । गृहमन्त्री इजमाइल १५ सदस्यीय उच्चस्तरीय टोलीसहित आफ्नै निजी विशेष विमानमार्फत नेपाली समय बेलुका ८ देखि १० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

गृहमन्त्री इजमाइल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार शिष्टाचार भेट हुनेछ । त्यस्तै, गृहमन्त्रीको टोलीले गृह मन्त्रालय र श्रम मन्त्रालयका टोलीसँग पनि भेट गर्नेछ । मलेसियन गृहमन्त्रीसहितको टोली र श्रम मन्त्रालयको मन्त्रीसहितको टोलीबीच शुक्रबार ‘लन्च मिटिङ’ हुने भएको छ । लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । शनिबार मलेसियन गृहमन्त्री इजमाइल बंगलादेश जाने भएका छन् ।

मलेसियन सरकारले हालै कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रमका विषयमा जानकारी दिन मलेसियन गृहमन्त्रीसहितको टोली नेपाल आउन लागेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए । उनका अनुसार मलेसियाको आप्रवासी स्रोत मुलुकमध्ये नेपाल पनि एक हो । त्यसैले मलेसियन सरकारले सो कार्यक्रममार्फत कामदार व्यवस्थापनबारे विस्तृत जानकारी लिने पौडेलले बताए ।

मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया कार्यक्रममार्फत आप्रवासी कामदारको सहज भर्ना, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको विषयमा उचित व्यवस्थापन गर्ने तयारी गरेको छ । त्यस्तै, पुनः क्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियामा गैरकानुनी रूपमा रहँदै आएका नेपाली कामदारलाई पुनः वैधानिक हुने अवसर प्रदान गर्नेछ । यसो हुँदा उनीहरूले वैधानिक कामदारसरह पारिश्रमिक तथा सेवा–सुविधा पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय