‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’



त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् ।

नुवाकोटको तादी गाउँपालिकामा बुधबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए । कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उनले दाबी गरे ।

“गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो”, प्रवक्ता डा महतले भने, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।”

प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा

दलहरु एकताबद्ध भएर जानुको विकल्प छैनः पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका