कांग्रेसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुनुपर्छ, त्यत्ति होः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाएका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए ।

उनले भने, “उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ । त्यही हो लोकतन्त्र, त्यही हो विकास ।” अध्यक्ष ओलीले देशकोबारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको बताए ।

उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए । उनले भने, कांग्रेसको महाधिवेशनमा केही कुरा उठेन । खाली पदाधिकारी छान्ने भन्नेमा केन्द्रित रह्यो।’

अध्यक्ष ओलीले निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि बताए ।

सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध यथावत, बैठक आइतबारसम्मका लागि स्थगित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित