गृहमन्त्रीको नागरिकता विवादमा सर्वोच्चमा आजदेखि अन्तिम सुनुवाइ हुँदै



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको नागरिकता विवादमा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको दावी गरेका छन् ।

अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि त्यताको त्याग्नासाथ स्वतः कायम हुने उनको दावी छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा ‘नेपालीले आफूखुशी विदेशी नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने’ व्यवस्था छ ।

अनि उसले फेरि नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस दिनदेखि फेरि नेपाली नागरिकता कायम हुने’ अर्को प्रावधान पनि छ । लामिछानेले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए ।

२१ फेब्रुअरी २०१४ मा लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरे । आजदेखि सुरु हुने सुनुवाइ टुंगिएपछि सर्वोच्च अदालतले कि त लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्ने ठहर गर्दै उहाँको सांसद र मन्त्री पद खारेज गर्छ । अथवा उहाँले अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता कायम हुने भनी व्याख्या गर्ने अर्को सम्भावना पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशलाई आर्थिक सञ्जालको कालोसूचीमा पर्नबाट जोगाउन पौडेलको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी विधेयक संसदमा

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेवारी

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै कांग्रेस नेता श्रेष्ठद्वारा आयोगमा निवेदन

काठमाडौं । चितवन क्षेत्र नम्बर दुईबाट आफूलाई विजयी गराउन माग गर्दै नेपाली कांग्रेसका

दुई अर्बका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ