सभामुखलाई कौशलता देखाएर अघि बढ्न पौडेलको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभामा पक्ष र विपक्षलाई मिलाएर लैजाने चुनौती सभामुख देवराज घिमिरेसामु रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै पौडेलले संसदमा पक्ष र विपक्षलाई मिलाएर लैजाने कुरा अप्ठ्यारो रहेकाले सन्तुलन मिलाएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

उनले भने,’सभामुखको जिम्मेवारी महत्वपूर्ण र चुनौतीपूर्ण छ । संसदमा पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा अप्ठ्यारो छ । सन्तुलन मिलाएर अघि बढ्नुहोला, शुभकामना छ ।’

उनले केहीले पूर्वाग्रही व्यवहार गर्न सक्ने भएकाले त्यसबाट जोगिन पनि सभामुख घिमिरेलाई आग्रह गरे । उनले भने,’कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ।’

पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरे । उनले सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्यतिबेला संसद विघटन भएकोअनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको इशारामा प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

  काठमाडौँ ।  आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार