कर्णाली प्रदेश अस्पतालमा अब मिर्गौला प्रत्यारोपण हुने



कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ ।

अस्पतालका  निर्देशक डा खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ”, उनले भने, “दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ ।”

पछिल्लो समयमा मिर्गौलारोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा खड्काले बताए । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र सात लाखसम्म सरकार आफैंले व्यहोर्ने उनको भनाइ थियो । पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चारपटक हुने उनले बताए ।

कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उनले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जानकारी दिए । यसले चालु आर्थिक वर्ष २०७९/८० भित्रै एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको