प्रधानमन्त्री स्वार्थमा मुन्टो लुकाएर बस्नुभयो भने परिणाम अर्को हुन्छः प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि बजेको बताएका छन् ।

शनिबार संसद बैठकबाट बाहिरिने क्रममा महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको बताए । उनले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने भन्नेबारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु, संविधानको रक्षाका लागि गठबन्धन बन्यो । अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजीले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्नुभयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध यथावत, बैठक आइतबारसम्मका लागि स्थगित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित