गाइजात्रे भागवन्डामा दाहाल सरकार



ऋषि कट्टेल ।
पुष्पकमल दाहालले काँग्रेससँगको गठबन्धन तोडेर ठिकै गरे । यो इण्डो अमेरिकी गठवन्धन देशको निम्ति अत्यधिक घातक थियो । तर सरकार बनाउन थाल्ने बितिक्कै यीनले गाईजात्रा सुरु गरेका छन् । अहिलेनै तीन उपप्रधानमन्त्री बनाएका छन् । अब लिङ्देन, जसपा, आएपछि पाँच हुनेहोला । भागवण्डा पुर्याउन मन्त्रालय फुटाउनेसम्मको चर्चा छ । यसो भयो भने अर्को गाईजात्रा सुरु हुनेछ । सरकार टिकाउन यस्तो निर्घिणी काम किन गर्ने ? ओली दाहालहरुको टीमले न्यूनतम राजनीतिक मूल्य कायम गरेर जनपक्षीय काम गर्ने हो भने देउवा गठबन्धनले सरकार ढाले पनि देश चलाउन सक्दैन । सरकार त अहिलेको शक्ति केन्द्रहरुको गतिविधि हेर्दा ६ महिना पनि टिक्ने सम्भावना कम छ ।

एकातिर यसमा सम्मिलित भएका केही दलहरु रास्वपा, जनमत र राप्रपा समेत यो गठबन्धनमा खास मिसनका साथ आएका छन् । त्यो खास मिसन हो पुराना सत्तासिन पार्टीहरु खासगरी माओवादी केन्द्र र एमालेलाई पालैपालो खेलाउदै बदनाम गर्ने र समाप्त गर्ने । त्यसो नगरी काँग्रेसको विकल्प नयाँ काँग्रेस बन्न सक्दैन । अर्कोतिर हाम्रो दक्षिणतिरको छिमेकी नेपालमा अस्थिरताको जगमा आफ्नो प्रभुत्व कायम राख्ने घोषित नीतिकासाथ काम गरिरहेछ । त्रिशंकु संसदलाई उसले भरपुर प्रयोग गर्नेछ ।

जहाँसम्म जसपा र माकुनेको प्रश्न छ जसपा नेता उपेन्द्र यादव भारतको आशिर्वाद बेगर तराइमा राजनीति गर्न सकिदैन भन्ने निष्कर्षमा पहिल्यै पुगेका हुन् । उनको अहिलेको पराजय दिल्लीसँग आत्मसमर्पणको चेतावनी हो भन्ने पनि उनले बुझेका छन् । उपेन्द्रलाई काउन्टर दिन तयार गरिएको लोसपा र विजय गच्छदार पतन भए । यस्तोबेला उपेन्द्रको एकमात्र उद्देश्य दिल्ली रिझाउनु र उसको विश्वास पात्र बन्नु हो । तसर्थ उनी यो सरकारको भरपर्दो सहयोगी हुनै सक्दैनन् । बरु अशोक राईहरु याहाँ नअट्न सक्दछन् ।

माकुनेको पार्टी एमाले माकेको विकल्प दिन दिल्लीले तयार गरको पार्टी हो जसरी हिजो ठाकुरको पार्टी बन्यो । ऊ पनि यो सरकारको सहयोगी बन्ने निकै कम संभावना छ । बरु यसमा झलनाथहरु भने नरहन सक्दछन् ।

सबै सूचकांकहरुले के प्रष्ट गर्दछ भने दिल्ली दाहाल सरकारलाई आत्मसमर्पण वा बहिर्गमन मध्ये एक रोज्न दवाव दिइरहेको छ । आफ्नै आत्मसमर्पणवादी चरित्रले ओली दाहालहरुलाई छटपटिनु पर्ने अवस्था सिर्जना भएको छ । गाइजात्रे भागवन्डा वा आत्मसमर्पण दुबै कुराले यिनलाई समाप्त गरिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक