सिके राउतले कांग्रेससँग संघीय र प्रदेश सरकारमा सहकार्य गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । भेटमा गठबन्धनको सरकारमा संघ प्रदेशमा जनमत पार्टी पनि सहभागी हुने सहमति भएको निधिले जानकारी दिए ।

उनले भने, ‘दुबै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’

जनमत पार्टीका प्रवक्ता बीपी साहले प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी र्शीजना गर्नेलगायतका एजेण्डा उठाएको जानकारी दिए ।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको राउतले प्रतिक्रिया दिए ।दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा नपुगेको र थप छलफल गर्ने सहमति भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना